कोभिड क्रोनिकल्स

नेपाल–मलेसिया एक अनुभव

Photo via COVID Chronicles: A Nepal-Malaysia experience

कोभिड -१९ बाट विश्वका कुनै व्यक्ति तथा परिवार अछुत रहेनन्। घरमा छोडिएका परिवार लाई हुन सक्ने जोखिम को चिन्ता तथा स्वयं ले अनुभाव गरेका आर्थिक तथा भावानातमक तनाव र निराशाको कारण आप्रवासी सनुदायामा यसले अझ बढी समस्या थप्यो ।

यस कमिक र एनिमेसनमा हामीले नेपाल र मलेसियामा मिडेक अनुसन्धान टोलिले लिएका अन्तर्वार्ताहरु लाई सोझै लिएर एउटी नेपाली श्रीमती आशाको कथाको रुपमा रुपान्तरण गरेका छौं। आशाको श्रीमान् कोभिड-१९ को महामारीको ठिक अघि कामकालागी मलेसिया गएका छन्।

श्रीमान् विदेश गइसकेपछी ग्रामिण नेपालमा आफ्ना साना छोराछोरी साथै पाका सासु ससुरालाई हेरचाह गर्दै बसेका तथा प्राय ओझेलमा परेका श्रीमती र आमाको कथालाई हामीले आशाको दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेका छौं। यसले महामारीको कारणले आप्रवासी परिवारले सामना गरेका भावनात्मक र आर्थिक चुनौतीकलाई कसरि बढाएको छ भन्ने कुराको चित्रण गर्दछ।

नेपाल र मलेसियाका मिडेक टोलीहरुसँग सहकार्य गर्दै, कमिक चित्रण गर्नका लागि हामीले नेपाली कलाकार निति श्रेष्ठलाइ अनुबन्धन गरेका थियौं। आफ्नो नेपाल बारेकोको गहन जानकारी को कारण नीति ले पोशाक देखि खानेकुरा र हाउभाउसमेतको सजीव चित्रण गरेर हरेक दृश्यमा नेपाली संस्कृति झल्कनेगरी सुन्दर ढंगले चित्रण गर्नु भएको छ।

मलेसियामा रहेका अप्रवासी कामदार हरुको अदृश्य अनुभवहरुको सन्दर्भ चित्र संकलन गर्न हामीले फिल्डमा लिएका फोटोहरु र पत्रकारीतामा भर परेका थियौं । नीतिले फ्याक्ट्रीको काम र छात्रावास जीवनको जीवन्त अनुभवहरु कुशलतापूर्वक कल्पना गर्नु भएको छ ।

समुदायले माहामारीका बेला सामना गरेका अकथित कथाहरु लाई आवाज दिने तथा मिडेक करीडोरहरुमा महामारीले पारेका प्रभावलाई प्रकाश पार्ने उदेश्य सहित बनाईन गईरहेका तिन कथा मध्ये को पहिलो कथा को रुपमा हामीले यसलाई योजना गरेका छौं ।

एनिमेसनमा टिप्पणी गर्दै मिडेकका नेपाल-मलेसिया करिडोरका सह-अन्वेषक डा. सेङ गुआन योहले भन्नु भयो :

“यो कमिक मानव सुरक्षाको अनिश्चितता र कोभिड-१९ को समयमा मलेसियामा आप्रवासी कामदारहरूले सामना गरेको जनस्वास्थ्य खतराहरूको साक्षी रहेको छ।”

मिडेक नेपाल-मलेसिया करिडोरका सह- अन्वेषक डा. अनिता घिमिरे भन्नुहुन्छ:

“यो कमिकले नेपाली आप्रवासी कामदारहरूले गन्तव्य देशहरुमा सामना गर्नु पर्ने प्रतिकूल परिस्थिति तथा आयका लागि वाध्यकारी रुपमा वहनगर्नु पर्ने जोखिमहरुको चित्रण गरेको छ।”

डा. बेन्जामिन वर्कु-डिक्स, संस्थापक निर्देशक, पोजेटिभ नेगेटिभले भन्नु भयो:

आप्रवासन भित्रको अकथित कथाहरु, पट्यारलाग्दो पारिवारिक जीवनलाई दैनिक रुपमा अगाडी बढाईरहेका तथा संघर्ष, एक्लोपन र भावनाहरू सम्हालिरहेका आप्रवासिका परिवारको कथाहरु सुनाउने मौका पाएकोमा म धेरै खुसी छु।

नेपाली

अंग्रेजी